शनिबार, आश्विन ३१,२०८३ 10:10:41
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 10:10:41
Bizshala
Global IME Bank Limited

विदेशबाट फर्किने नेपालीलाई विमानस्थल प्रहरीको चेतावनी– दलालले दिएको सुन वा सामान नबोक्नू

Bizshala
विदेशबाट फर्किने नेपालीलाई विमानस्थल प्रहरीको चेतावनी– दलालले दिएको सुन वा सामान नबोक्नू
New Office

 

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई सुन तस्कर तथा दलालको आर्थिक प्रलोभनमा नपर्न आग्रह गरेको छ।

कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै दुबई, कतारलगायत विभिन्न मुलुकबाट श्रम स्वीकृति वा कामदार भिसामा काम गरेर फर्किने नेपालीलाई अपरिचित व्यक्ति तथा दलालहरूले सुन, बहुमूल्य धातु र अन्य सामान नेपाल पुर्‍याइदिन लगाउने प्रवृत्ति बढेको जनाएको छ।

सामान नेपाल पुर्‍याइदिएबापत पैसा दिने प्रलोभन देखाइने भए पनि विमानस्थलमा हुने सुरक्षा तथा भन्सार जाँचका क्रममा त्यस्ता वस्तु अवैध भेटिएमा सामान बोक्ने व्यक्ति नै पक्राउ पर्ने कार्यालयले सचेत गराएको छ।

अवैध सुन ओसारपसारको अभियोगमा पक्राउ परेपछि कानुनी कारबाही र आर्थिक क्षतिसमेत व्यहोर्नुपर्ने अवस्था आउन सक्ने भन्दै अपरिचित व्यक्तिले दिएको कुनै पनि सामान आफ्नो जिम्मामा नलिन आग्रह गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यालयले अरूको झोला, प्याकेट, सुनको सिक्री वा बहुमूल्य धातु त्यसको वास्तविक विवरण नबुझी नेपाल नल्याउन अनुरोध गरेको छ। सामानसँग खरिद बिल वा अन्य कागजात भएकै आधारमा कानुनी जिम्मेवारीबाट उन्मुक्ति पाइन्छ भन्ने भ्रममा नपर्न पनि सचेत गराइएको छ।

सानो आर्थिक लाभको लोभ वा सामान्य लापरवाहीले गम्भीर कानुनी समस्या निम्त्याउन सक्ने भन्दै विमानस्थल प्रहरीले सबै यात्रुलाई आफ्नै सामानबारे पूर्ण जानकारी राख्न आग्रह गरेको छ।

विमानस्थल वा विदेशस्थित प्रस्थानस्थलमा कुनै शंकास्पद व्यक्ति, प्रस्ताव वा गतिविधि देखिएमा सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी गराउनसमेत कार्यालयले अनुरोध गरेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.