सोमबार, आश्विन २६,२०८३ 01:53:43
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 01:53:43
Bizshala
Global IME Bank Limited

चिनियाँबाट बरामद साढे २१ किलो सुन भन्सारमा, ‘नेक्सस’ खोज्दै प्रहरी

Bizshala
चिनियाँबाट बरामद साढे २१ किलो सुन भन्सारमा, ‘नेक्सस’ खोज्दै प्रहरी
New Office

 

काठमाण्डौ । बूढानीलकण्ठबाट तीन चिनियाँ नागरिकसहित बरामद गरिएको २१ किलो ७५०.६८ ग्राम सुन प्रहरीले थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनसहित पक्राउ परेका तीनै चिनियाँ नागरिकलाई समेत भन्सार कार्यालय पठाएको जनाएको छ।कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार भन्सारतर्फको अनुसन्धान अघि बढे पनि प्रहरीले तस्करीको सम्भावित सञ्जाल, सहयोगी र सुन ल्याइएको रुटबारे छुट्टै अनुसन्धान जारी राखेको छ। यसका लागि विभिन्न पक्ष समेटेर अनुसन्धान टोली परिचालन गरिएको उनले बताए।

प्रहरीले असोज २२ गते बूढानीलकण्ठको माथिल्लो भंगालस्थित एक घरमा छापा मारेर उक्त परिमाणको सुन बरामद गरेको थियो।बरामद सुनको सो दिनको बजार मूल्य करिब ५४ करोड ६० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

छापा मारिएको घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का तथा लेसिलो अवस्थामा राखिएको सुनसमेत फेला परेको थियो। प्रहरीले सुन प्रशोधन र स्वरूप परिवर्तनमा प्रयोग हुने सामग्रीसमेत भेटेको थियो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन छन्।उनीहरूले माथिल्लो भंगालमा सिंगो घर भाडामा लिएर सुन पगाल्ने तथा प्रशोधन गर्ने ‘कारखाना’ शैलीको सेटअप सञ्चालन गरेको आशंका प्रहरीले गरेको छ।

बरामद सुन नेपाल भित्र्याउन हवाई मार्ग प्रयोग भएको हुनसक्ने प्रारम्भिक आशंका गरिए पनि यसको स्रोत, रुट र अन्तिम गन्तव्यबारे अनुसन्धान टुंगिएको छैन।प्रहरी अब पक्राउ परेका तीन चिनियाँ नागरिक मात्र होइन, उनीहरूलाई नेपालमा सहयोग गर्ने सम्भावित व्यक्ति, सुन आपूर्ति गर्ने नेटवर्क र त्यसको वितरण शृङ्खलासम्म पुग्ने प्रयासमा छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.