एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ, ८९ लाख बढीको कारोबार गरेको खुलासा
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बिहार राज्य भोजपुरका ३२ वर्षीय सोनु कुमार सिन्हालाई ठमेलबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलका खेलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा...

