शुक्रबार, आश्विन १६,२०८३ 10:10:39
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 10:10:39
Bizshala
Global IME Bank Limited

नरेफाँट र सामाखुसीबाट ३७२ सिलिन्डर ग्यास बरामद, कालोबजारी आरोपमा दुई जना पक्राउ

स्टक लुकाएर अभाव देखाउने र बढी मूल्यमा बेच्ने गरेको प्रहरीको दाबी

Bizshala
नरेफाँट र सामाखुसीबाट ३७२ सिलिन्डर ग्यास बरामद, कालोबजारी आरोपमा दुई जना पक्राउ
New Office

 

 

काठमाण्डौ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किरहेका बेला काठमाडौँका दुई स्थानबाट प्रहरीले एकैदिन ३७२ वटा ग्यास सिलिन्डर बरामद गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाँटबाट १८३ थान र सामाखुसी क्षेत्रबाट १८९ थान सिलिन्डर बरामद गरेको हो।

ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउसमेत गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार नरेफाँटस्थित रामेछाप ब्राण्ड ग्यास डिलरका सञ्चालक नारायण श्रेष्ठ र बसुन्धारास्थित हाम्रो सगरमाथा सहकारी संस्थामार्फत ग्यास कारोबार गर्दै आएका प्रदीप घिमिरे पक्राउ परेका हुन्।

प्रहरीका अनुसार नरेफाँटको डिलरले ठूलो परिमाणमा ग्यास स्टकमा राखेर बजारमा अभाव देखाउने तथा साँखु र चक्रपथ क्षेत्रतर्फ लगेर महँगो मूल्यमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

घिमिरेले पनि ग्यासको कारोबार गर्दै आएको र उनले प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

अभावकै बीच स्टक लुकाएको आशंका

बजारमा ग्यासको आपूर्ति सहज नभइरहेका बेला ठूलो संख्यामा सिलिन्डर गोदाम तथा कारोबारीको नियन्त्रणमा फेला परेपछि प्रहरीले कालोबजारीको आशंकामा अनुसन्धान अघि बढाएको हो।

सामान्य अवस्थामा उपभोक्तासम्म पुग्नुपर्ने ग्यास ठूलो परिमाणमा थुपारेर राखिएको र त्यसपछि बढी मूल्यमा बिक्री गर्ने प्रयास भएको हुनसक्ने प्रहरीको आशंका छ।

प्रहरीले बरामद ग्यास कहाँबाट ल्याइएको थियो, कति समयदेखि स्टक गरिएको थियो र त्यसमा अन्य व्यक्ति वा व्यवसायीको समेत संलग्नता थियो कि थिएन भन्नेबारे अनुसन्धान गरिरहेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

भक्तपुरमा पनि १०३ सिलिन्डर बरामद

यसअघि बिहीबार पनि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरका दुई स्थानबाट १०३ वटा ग्यास सिलिन्डर बरामद गरेको थियो।

सूर्यविनायकबाट ७५ थान र इटाछेबाट २८ थान सिलिन्डर बरामद गरिएको थियो।

भक्तपुरमा ग्यासको कालोबजारी गरेको आरोपमा सूर्यविनायक नगरपालिका–३ ब्रह्मनगरमा सर्लाही जनरल स्टोर सञ्चालन गर्ने २५ वर्षीय उमेश साह र इटाछेमा सगर ग्यास बिक्री गर्दै आएका ४१ वर्षीय राजेश कर्माचार्य पक्राउ परेका छन्।

प्रहरीका अनुसार साहले उपभोक्तालाई प्रतिसिलिन्डर २ हजार ८ सय रुपैयाँसम्ममा ग्यास बिक्री गर्ने गरेको पाइएको छ।

भक्तपुरबाट पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको छ।

पछिल्लो दुई दिनमै काठमाडौँ र भक्तपुरबाट ठूलो परिमाणमा ग्यास सिलिन्डर बरामद भएपछि बजारमा देखिएको अभाव स्वाभाविक हो वा कतै कृत्रिम रूपमा सिर्जना गरिएको हो भन्ने प्रश्नसमेत उठेको छ।

प्रहरीले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्नेविरुद्ध निगरानी र कारबाही जारी राख्ने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.