काठमाडौंमा ग्यास साट्न ११ बिक्री केन्द्र तोकिए
काठमाडौं । चाडपर्वका बेला एलपी ग्यासको सहज बिक्री तथा वितरण गर्न नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ११ वटा बिक्री केन्द्र तोकेको छ। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा असोज २६ देखि ३० गतेसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म ती केन्द्रबाट ग्यास साट्न सकिनेछ।

