काठमाडौं । चाडपर्वका बेला एलपी ग्यासको सहज बिक्री तथा वितरण गर्न नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ११ वटा बिक्री केन्द्र तोकेको छ। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा असोज २६ देखि ३० गतेसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म ती केन्द्रबाट ग्यास साट्न सकिनेछ।
संघका अनुसार भदौ महिनामा मात्रै ४२ लाख ९१ हजार ६६१ सिलिन्डर ग्यास बिक्री भएको थियो। उपभोक्ताको सहजताका लागि काठमाडौंको ग्यास एन्ड अक्सिजन ट्रेडर्स, पेप्सीकोला, बालाजु औद्योगिक क्षेत्र, सुकेधारा, कलंकी, हरिसिद्धि, चपली र सतुंगललगायत स्थानमा बिक्री केन्द्र तोकिएका छन्।
संघले तोकिएका केन्द्रमा काठमाडौं उपत्यकामा ग्यास बिक्री गर्ने सदस्य उद्योगका सिलिन्डर मात्रै साट्न सकिने जनाएको छ। अन्य स्थानमा सिलिन्डर साटफेर गर्न नपाइने संघले स्पष्ट पारेको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।