काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्डरवेयरभित्र लुकाएर ल्याइएको ४२२.५ ग्राम अर्धठोस सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाण्डौ आएका भारतीय नागरिक अस्लम शौकतलाई विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो ।
विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार आइतबार दिउँसो करिब २ः५२ बजे शंकास्पद गतिविधि देखिएपछि शौकतमाथि जाँच गरिएको थियो ।
जाँचका क्रममा उनले अन्डरवेयरभित्र प्लास्टिकले र्याप गरेर गोलाकार आकारमा राखेका अर्धठोस सुनका दुई थान वस्तु लुकाएर ल्याएको फेला परेको प्रहरीले जनाएको छ । बरामद सुनको तौल करिब ४२२.५ ग्राम रहेको छ ।
पक्राउ परेका शौकत भारतको दिल्लीस्थित हवेली आजम खान, जामा मस्जिद क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
उनलाई बरामद सुनसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।