काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएकोभन्दा बढी मूल्य असुल्ने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।
हेलो सरकारको वेब पोर्टलमा उपभोक्ताले गरेको गुनासोका आधारमा विभागले अनुगमन गर्दा कैफियत भेटिएपछि जरिवाना गरिएको हो।
सरकारले उपभोक्ता ठगी वा सार्वजनिक सेवासम्बन्धी समस्या भए निःशुल्क फोन नम्बर ११११ वा हेलो सरकारको अनलाइन पोर्टलमार्फत गुनासो गर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।