काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ४२ वर्षीय भारतीय नागरिक मोहम्मद चेरा थोडी रहेका छन्। उनी कतारको दोहा हुँदै काठमाडौं आएका थिए।
प्रहरीका अनुसार उनलाई विमानस्थलको पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।
यसैगरी, कतारबाटै काठमाडौं आएका एक नेपाली नागरिकसमेत सुनसहित पक्राउ परेका छन्।
पक्राउ पर्ने नेपाली नागरिक बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी हुन्। उनको साथबाट ६९.६ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनालाई बरामद सुनसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाएको छ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।