बुधबार, मंसिर २,२०८३ 12:38:31
  • बुधबार, मंसिर २,२०८३ 12:38:31
Global IME Bank Limited

विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच पार गरेका चिनियाँ नागरिक झण्डै २ किलो सुनसहित पक्राउ

Bizshala
विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच पार गरेका चिनियाँ नागरिक झण्डै २ किलो सुनसहित पक्राउ
New Office

 

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै २ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। हङकङबाट नेपाल आएका चिनियाँ नागरिक जियानह्वा वाङलाई नेपाल प्रहरीले १ किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार चीनको जिलिन प्रान्तका वाङ नेपाल वायु सेवा निगमको उडान नम्बर आरए४१० मार्फत हङकङबाट काठमाण्डौ आएका थिए। उनलाई मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा सुनसहित पक्राउ गरिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

वाङ विमानस्थलको भन्सार तथा सशस्त्र प्रहरीको जाँच क्षेत्र पार गरिसकेपछि नेपाल प्रहरीको नियन्त्रणमा परेका हुन्। नियमित सुरक्षा तथा भन्सार जाँच पार गरिसकेका यात्रुबाट यति ठूलो परिमाणमा सुन बरामद हुनुले विमानस्थलको जाँच प्रणालीको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ।

प्रहरीले पक्राउ परेका वाङलाई बरामद सुनसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थलको गौचरणस्थित भन्सार कार्यालयमा पठाएको जनाएको छ।

बरामद सुन नेपाल ल्याउनुको उद्देश्य तथा यसमा अन्य व्यक्तिको संलग्नता रहेनरहेको विषयमा थप अनुसन्धानबाट खुल्ने अपेक्षा गरिएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.