काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।
संस्थाको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सञ्चित नाफा कोषबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
संस्थाका अनुसार आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण कार्य सम्पन्न भई लेखापरीक्षकबाट प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन प्राप्त भएपछि सञ्चालक समितिले वार्षिक वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण स्वीकृत गरेको हो।
बैठकले वित्तीय संस्थामा रहेको सञ्चित नाफा कोषबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वा बोनस सेयर दुवै नपाउने भएका छन्।
सञ्चालक समितिले स्वीकृत वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष अन्तिम स्वीकृतिका लागि पेस गर्ने निर्णयसमेत गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।