बुधबार, मंसिर २,२०८३ 12:46:22
  • बुधबार, मंसिर २,२०८३ 12:46:22
Global IME Bank Limited

रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

Bizshala
रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह
New Office

 

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन व्यापार तथा पारवहन सहज बनाउन तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन्।

नेपाल भ्रमणमा रहेका चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङसँग परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री खनालले तातोपानी नाका शीघ्र सञ्चालनमा ल्याउनुपर्नेमा विशेष जोड दिएका हुन्।

रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँद सुरु भएसँगै चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकाहरू पूर्ण क्षमतामा सञ्चालन हुन कठिन हुने अवस्थालाई ध्यानमा राख्दै तातोपानी नाका तत्काल खुलाउनुपर्ने आवश्यकता उनले औँल्याए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

काठमाण्डौबाट तुलनात्मक रूपमा नजिक रहेको तातोपानी नाका नेपाल र चीनबीचको व्यापारिक आवागमनका लागि महत्त्वपूर्ण प्रवेशद्वार मानिन्छ। उक्त नाका सञ्चालनमा आउँदा दुई देशबीचको आयातनिर्यात तथा मालसामान ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ।

भेटवार्तामा मन्त्री खनालले तातोपानी नाका दुई देशबीचको ऐतिहासिक मित्रवत् सम्बन्धको प्रतीकसमेत रहेको उल्लेख गरे। उनले नेपाल र चीनबीचको व्यापारिक सम्पर्क तथा आर्थिक गतिविधिलाई निरन्तरता दिन नाका सञ्चालनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

Garima Development Bank
Bizshala
IME remit

उनको आग्रहप्रति चिनियाँ प्रतिनिधिमण्डलका अध्यक्ष याङले सकारात्मक प्रतिक्रिया जनाउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

भेटका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय व्यापार विस्तार, पूर्वाधार विकास, जलवायु परिवर्तन, जनस्तरको सम्बन्ध तथा शैक्षिक सहकार्यलगायतका विषयमा पनि छलफल भएको थियो।

रसुवागढी नाका बन्द रहेको अवस्थामा तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन सकिए चीनसँगको व्यापारिक सम्पर्कलाई सहज बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। यद्यपि नाका पूर्ण रूपमा सञ्चालनमा आउने निश्चित मिति भने सार्वजनिक भएको छैन।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.