१७ देशमा राजदूत खाली, सय दिनसम्म छनोटमै अल्झियो सरकार
काठमाण्डौ । वर्तमान सरकारले कार्यकालको एक सय दिन पूरा गरिसक्दा पनि विभिन्न मुलुकका लागि राजदूत नियुक्ति प्रक्रिया टुंग्याउन सकेको छैन। विगतका दुई सरकारले फिर्ता बोलाएका १७ राजदूतका स्थानमा नयाँ नियुक्ति गर्न थालिएको प्रक्रिया आकांक्षी छनोटमै अल्झिएको छ।सरकारले असार २० गते सयदिने उपलब्धिको विवरण सार्वजनिक गर्दै आफ्नो कार्यसम्पादन उत्साहजनक रहेको दाबी गरेको थियो।...

