शुक्रबार, भाद्र १९,२०८३ 06:07:35
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 06:07:35
Bizshala
Global IME Bank Limited

भोटेकोशी विपद्मा विश्वको साथ : २९ देशबाट राहत र आर्थिक सहयोग, चार देशका फरेन्सिक टोली नेपालमा

भोटेकोशी विपद्मा विश्वको साथ : २९ देशबाट राहत र आर्थिक सहयोग, चार देशका फरेन्सिक टोली नेपालमा
New Office

 

काठमाण्डौ । भोटेकोशी बाढीपछि सिर्जित मानवीय विपद्मा नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट ठूलो सहयोग जुटिरहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसोसम्म २९ देशसहित विभिन्न ठूला अन्तर्राष्ट्रिय संस्था र विकास साझेदारले नेपाललाई राहत, आर्थिक सहायता तथा प्राविधिक सहयोग उपलब्ध गराएका छन्।

मन्त्रालयका अनुसार सहयोग गर्ने मुलुकहरूमा भारत, चीन, संयुक्त अरब इमिरेट्स, बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, लाट्भिया, लक्जेम्बर्ग, मलेसिया, म्यानमार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड र चेक गणतन्त्र रहेका छन्।

यी मुलुकमध्ये केहीले तत्काल आवश्यक खाद्यान्न, औषधि, उद्धार तथा राहत सामग्री उपलब्ध गराएका छन् भने केहीले नगद सहयोग तथा अन्य मानवीय सहायता घोषणा गरेका छन्।

त्यस्तै युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक र संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय निकायले पनि नेपाललाई सहयोग उपलब्ध गराएका छन्। विभिन्न सामाजिक संस्था तथा व्यक्तिबाट समेत सहयोग घोषणा भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल सरकारले विपद्को कठिन घडीमा सहयोग गर्ने मित्रराष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाप्रति आभार व्यक्त गरेको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

शव पहिचानमा चार देशको प्राविधिक सहयोग

अन्तर्राष्ट्रिय सहयोग राहत सामग्री र आर्थिक सहायता मात्र सीमित छैन।

बाढीमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका व्यक्तिको सनाखतका लागि चार देशका विशेषज्ञ फरेन्सिक टोलीसमेत नेपाल आइपुगेका छन्।

भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक विशेषज्ञले नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै शव तथा मानव अवशेषबाट डीएनए नमुना संकलन, परीक्षण र पहिचानको काम गरिरहेका छन्।

ठूलो संख्यामा शव पहिचान हुन बाँकी रहेको अवस्थामा अन्तर्राष्ट्रिय फरेन्सिक टोलीको सहयोगले डीएनए परीक्षण र सनाखत प्रक्रियालाई तीव्र बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भोटेकोशी विपद्पछि नेपालले प्राप्त गरिरहेको यो सहयोगलाई आपत्कालीन राहत मात्र नभई अन्तर्राष्ट्रिय मानवीय ऐक्यबद्धताको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.