बुधबार, मंसिर २,२०८३ 08:46:00
  • बुधबार, मंसिर २,२०८३ 08:46:00
Global IME Bank Limited

विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा, एक्यूआई १७२ पुग्यो

Bizshala
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा, एक्यूआई १७२ पुग्यो
New Office

काठमाडौँ । काठमाडौँको वायु प्रदूषण बढ्दै विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा पुगेको छ ।

आईक्यूएयरका अनुसार बुधबार बिहान ६ देखि ७ बजेसम्म काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७२ पुगेको छ । बिहान ५ देखि ६ बजेसम्म १५८ एक्यूआईसहित ११औँ स्थानमा रहेको काठमाडौँ एक घण्टामै पाँचौँ स्थानमा उक्लिएको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रदूषित सहरको सूचीमा पाकिस्तानको लाहोर २८४ एक्यूआईसहित पहिलो, बंगलादेशको ढाका २०८ सहित दोस्रो, भारतको कोलकाता १९९ सहित तेस्रो र दिल्ली १८३ सहित चौथो स्थानमा छन् ।

Garima Development Bank
Bizshala
IME remit

एक्यूआई १५१ देखि २०० सम्मको अवस्थालाई अस्वस्थकर मानिन्छ । वायु प्रदूषण बढेसँगै बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिमा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.