बुधबार, मंसिर २,२०८३ 07:53:24
  • बुधबार, मंसिर २,२०८३ 07:53:24
Global IME Bank Limited

ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

Bizshala
ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य
New Office

काठमाडौँ । मध्यपूर्वमा तेल ट्याङ्करमाथि आक्रमण जारी रहनु र अमेरिकी कच्चा तेलको भण्डार घट्ने अपेक्षाले मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ ।

कारोबार बन्द हुँदा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७० सेन्ट (०.७६ प्रतिशत) बढेर ९३.१४ डलर पुगेको छ । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई)को मूल्य २९ सेन्ट (०.३४ प्रतिशत) बढेर ८६.०१ डलर कायम भएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

इरानी ड्रोनले बहराइनस्थित अमेरिकी सैन्य राडार प्रणालीमा आक्रमण गर्नुका साथै स्ट्रेट अफ होर्मुजमा एउटा पानीजहाजमाथि दुई पटक आक्रमण भएको छ । यसैबीच, अमेरिकाले इरानको केश्म टापुस्थित क्षेप्यास्त्र प्रक्षेपण केन्द्रमा हवाई आक्रमण गरेको छ ।

यद्यपि, मध्यपूर्वबाट तेल आपूर्ति बढ्ने र विश्व बजारमा मागभन्दा आपूर्ति बढी हुने सम्भावनाले मूल्यवृद्धि सीमित बनाएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले पनि यस वर्षको चौथो त्रैमासिकमा विश्व तेल बजारमा आपूर्ति अधिक हुने प्रक्षेपण गरेको छ ।

Garima Development Bank
Bizshala
IME remit

रोयटर्सको सर्वेक्षणअनुसार अमेरिकी कच्चा तेलको भण्डार घट्ने अनुमान गरिएको छ । अमेरिकी रणनीतिक पेट्रोलियम भण्डार गत साता घटेर २७ करोड ६४ लाख ब्यारेलमा झरेको छ । यो सन् १९८२ अगस्टयताकै न्यून स्तर हो ।

यसै महिना ब्रेन्ट क्रुडको मूल्य २० प्रतिशत र डब्लूटीआईको मूल्य १६ प्रतिशतले घटिसकेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.