बुधबार, मंसिर २,२०८३ 06:53:45
  • बुधबार, मंसिर २,२०८३ 06:53:45
Global IME Bank Limited

काठमाडौँका सबै क्षेत्र चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा जोड

Bizshala
काठमाडौँका सबै क्षेत्र चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा जोड
New Office

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभरका व्यापार, व्यवसाय तथा बजार क्षेत्र चौबिसै घण्टा खुला गर्ने तयारी अघि बढाएको छ । त्यसका लागि आवश्यक सुरक्षा व्यवस्था र न्यूनतम पूर्वाधार सुनिश्चित गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको सूचनाअनुसार काठमाडौँका दरबारमार्ग र ठमेलजस्ता क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय यसअघि नै भइसकेको छ । ती क्षेत्र हाल चौबिसै घण्टा सञ्चालनमा रहेका छन् ।

काठमाडौँ नेपालको सङ्घीय राजधानी तथा महत्त्वपूर्ण स्थान भएकाले समग्र जिल्लालाई नै चौबिसै घण्टा खुला गर्ने उद्देश्यसहित रणनीतिक तयारी भइरहेको प्रशासनले जनाएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसका लागि भरपर्दो सुरक्षा प्रबन्धसँगै सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी तथा सडकबत्तीको पर्याप्त व्यवस्था गर्नुपर्ने प्रशासनको भनाइ छ । साथै, यातायात, व्यापार, व्यवसाय, स्वास्थ्य सेवा तथा आपूर्ति व्यवस्थालाई व्यवस्थित बनाउने तयारी पनि भइरहेको छ ।

प्रशासनका अनुसार जिल्लाका अन्य स्थानमा रहेका व्यापार, व्यवसाय तथा बजार क्षेत्रलाई पनि चौबिसै घण्टा सञ्चालन गर्ने विषयमा स्थानीय तह, विभिन्न विभाग, कार्यालय, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग समन्वयात्मक छलफल गरिनेछ ।

Garima Development Bank
Bizshala
IME remit

व्यापक तयारी पूरा भएपछि मात्र काठमाडौँ जिल्लाका सम्पूर्ण क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिने सूचनामा उल्लेख छ ।

त्यतिन्जेलसम्म दरबारमार्ग र ठमेलजस्ता यसअघि नै चौबिसै घण्टा खुला गर्ने निर्णय भएका क्षेत्रबाहेक अन्य स्थानका व्यवसायीले अर्को सूचना जारी नभएसम्म पूर्वनिर्धारित समयअनुसार मात्रै व्यापार तथा व्यवसाय सञ्चालन गर्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.