काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४३.५१ डलर अर्थात् ०.९० प्रतिशतले घटेर प्रतिऔँस ३ हजार ८१० अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ। योसँगै सुनको मूल्य एक वर्षभन्दा बढी समययताकै न्यून विन्दु आसपास रहेको छ ।
त्यस्तै चाँदीको मूल्य ०.१० प्रतिशतले घटेर प्रतिऔँस ४६.८४ अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ।
अमेरिकी डलर १९ महिनायताकै उच्च विन्दुनजिक स्थिर रहनुका साथै अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ)ले आगामी दिनमा ब्याजदर थप बढाउने अपेक्षा बलियो बन्दा सुनको मूल्यमा दबाब परेको हो ।
सीएमई फेडवाचका अनुसार बजारले आगामी डिसेम्बरमा फेडरल रिजर्भले ब्याजदर २५ आधार बिन्दुले बढाउने सम्भावना ९३ प्रतिशत आकलन गरेको छ । त्यस्तै, ५० आधार बिन्दुले बढाउने सम्भावना भने सात प्रतिशत रहेको छ ।
ब्याजदर वृद्धि हुँदा प्रतिफल नदिने धातुका रूपमा रहेको सुनप्रति लगानीकर्ताको आकर्षण घट्ने भएकाले यसको मूल्य प्रभावित हुने गर्छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।