मंगलवार, मंसिर १,२०८३ 06:06:38
  • मंगलवार, मंसिर १,२०८३ 06:06:38
Global IME Bank Limited

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने

Bizshala
जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने
New Office

 

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकको सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाएको छ।

२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले नै व्यहोर्ने गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत व्यवस्था मिलाएको जनाएको छ।

मन्त्रालयका अनुसार आन्दोलनका घाइतेहरूले देशभरका अस्पतालबाट निःशुल्क, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्। यसका लागि सरकारले यसअघि लागू रहेको उपचारसम्बन्धी कार्यविधिसमेत संशोधन तथा परिमार्जन गरिसकेको छ।

संशोधित कार्यविधिअनुसार घाइतेहरूको उपचारमा लागेको खर्च सम्बन्धित अस्पताललाई सरकारले शोधभर्ना उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसबाट उपचाररत घाइतेहरूले उपचार खर्चको आर्थिक भार व्यहोर्नु नपर्ने मन्त्रालयले स्पष्ट पारेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसहित देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका जेनजी आन्दोलनका घाइतेहरूको उपचारसमेत निःशुल्क हुने व्यवस्था मिलाइएको छ।

मन्त्रालयले घाइतेहरूको स्वास्थ्य अवस्थाअनुसार आवश्यक उपचार, थप उपचार तथा नियमित फलोअप सेवालाई समेत व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

यसैबीच, उपचारका क्रममा कुनै समस्या उत्पन्न भएमा, निःशुल्क उपचारसम्बन्धी अन्योल देखिएमा वा थप सहजीकरण आवश्यक परेमा मन्त्रालयले तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।

त्यस्ता समस्याको समाधानका लागि मन्त्रालयको निःशुल्क हटलाइन नम्बर १११५ वा मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (एचईओसी) मा सम्पर्क गर्न सकिने जनाइएको छ।

मन्त्रालयले आन्दोलनका घाइतेहरू उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आवश्यक समन्वय र सहजीकरणलाई निरन्तरता दिने जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.