मंगलवार, मंसिर १,२०८३ 05:54:46
  • मंगलवार, मंसिर १,२०८३ 05:54:46
Global IME Bank Limited

कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

Bizshala
कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता
New Office

काठमाण्डौ । लामो समयदेखि बजेट अभाव र बहुवर्षीय ठेक्का स्वीकृतिमा भएको ढिलाइका कारण रोकिएको कर्णाली करिडोरको स्तरोन्नति तथा कालोपत्रेको काम अघि बढ्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत खुलालु–सलिसल्ला सडकको ४१ किलोमिटर स्तरोन्नति तथा कालोपत्रेका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको जानकारी दिएका छन्।

मन्त्री लम्सालका अनुसार बहुवर्षीय ठेक्का स्वीकृति र बजेट अभावका कारण निर्माण कार्य अघि बढ्न नसकेको सडकमा अब काम सुरु हुने भएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

स्वीकृत कार्यक्रमअन्तर्गत तुम्चादेखि सलिसल्लासम्म १३ किलोमिटर, खुलालुदेखि कोटसम्म १३ किलोमिटर र भुक्काखोलादेखि पिलिचौरसम्म १५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गरिनेछ।

‘हामीले भनेका थियौँ– कर्णालीका सपना अब हाम्रो सपना ! सोही प्रतिबद्धताअनुसार कर्णाली करिडोरको स्तरोन्नति र कालोपत्रेका लागि ३ अर्ब बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरेका छौँ,’ मन्त्री लम्सालले भने।

Garima Development Bank
Bizshala
IME remit

कर्णाली प्रदेशको महत्वपूर्ण रणनीतिक सडक पूर्वाधारका रूपमा रहेको यो करिडोरको स्तरोन्नतिले दुर्गम क्षेत्रको सडक पहुँच र यातायात सेवा सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मन्त्री लम्सालले कर्णाली करिडोरको निर्माण र स्तरोन्नति सरकारको प्राथमिक प्रतिबद्धता रहेको समेत बताएका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.