विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा, एक्यूआई १७२ पुग्यो
काठमाडौँ । काठमाडौँको वायु प्रदूषण बढ्दै विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा पुगेको छ ।आईक्यूएयरका अनुसार बुधबार बिहान ६ देखि ७ बजेसम्म काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७२ पुगेको छ । बिहान ५ देखि ६ बजेसम्म १५८ एक्यूआईसहित ११औँ स्थानमा रहेको काठमाडौँ एक घण्टामै पाँचौँ स्थानमा उक्लिएको हो ।

