काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।
मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियरलाई सेवाबाट हटाउने निर्णय गरेको हो ।
सेवाबाट हटाइएकामध्ये पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेशप्रसाद पौडेल कार्यालयमा अनुपस्थित भएको कसुरमा कारबाहीमा परेका हुन् । त्यस्तै, पदमेन्द्रप्रसाद श्रेष्ठ स्वीकृतिबिना बिदामा बसेको कसुरमा सेवाबाट हटाइएका छन् ।
मन्त्रालयको २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको सार्वजनिक सूचनामा उल्लेख छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।