सोमबार, कार्तिक ३०,२०८३ 05:53:46
  • सोमबार, कार्तिक ३०,२०८३ 05:53:46
Global IME Bank Limited

अन्डरवेयरमा लुकाएर सुन तस्करी, त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

Bizshala
अन्डरवेयरमा लुकाएर सुन तस्करी, त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
New Office

 

काठमाण्डौ । भन्सार छलेर सुन ल्याएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

हङकङबाट क्याथे प्यासिफिक एयरको विमानमार्फत काठमाण्डौ आएका चिनियाँ नागरिक झान जुओक्विङलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

विमानस्थलमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले उनलाई सोधपुछ तथा जाँच गरेको थियो। जाँचका क्रममा उनले लगाएको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइएको अवस्थामा सुनजस्तो देखिने पहेँलो पदार्थ बरामद भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेका अनुसार बरामद पदार्थ गोलाकार तथा अर्धठोस अवस्थामा रहेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उक्त पदार्थको तौल ६३४.९६ ग्राम रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरेको पदार्थ सुन हो वा होइन भन्ने पुष्टि गर्न परीक्षण प्रक्रिया अघि बढाएको छ।

पक्राउ परेका चिनियाँ नागरिकलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

बरामद पदार्थको परीक्षण प्रतिवेदन प्राप्त भएपछि मात्रै त्यसको वास्तविक प्रकृति र सुन भए शुद्धता तथा मूल्यबारे यकिन हुने प्रहरीले जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.