काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला पाँचथरमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले पुस ११ गतेका दिन फिदिम नगरपालिका वडा नं. १, १३० औं शाखा र पुस १२ गतेका दिन फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा १३१ औं शाखाको शुभारम्भ गरेको हो ।
यी दुई शाखाको सञ्चालनपश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ । यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरू मार्फत आफ्नो सेवाविस्तार गर्न सम्पूर्ण ग्राहकहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ ।
पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको एभरेष्ट बैंकले आफ्नो १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा समेत दिँदै आइरहेको छ ।