आईतवार, आश्विन २५,२०८३ 02:21:00
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 02:21:00
Bizshala
Global IME Bank Limited

एभरेष्ट बैंकको नाफामा ३२.८०% को छलाङ, लाभांश क्षमता बढेर ३८.२७% कायम

Bizshala
एभरेष्ट बैंकको नाफामा ३२.८०% को छलाङ, लाभांश क्षमता बढेर ३८.२७% कायम
New Office

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्षको २०८१ ८२ को चौथो त्रैमाससम्ममा ४ अर्ब ९५ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गर्दै ३८.२७ प्रतिशत बराबरको लाभांश क्षमता बनाएको छ ।  

बैंकले प्रमुख वित्तीय सूचकहरुमा आमूल सुधार गर्दै गत वर्षको यही अवधिमा रहेको २८.०६ प्रतिशतको लाभांश क्षमतालाई २६.६७ प्रतिशतले बढाउने सफलता प्राप्त गरेको हो ।  

समीक्षा अवधिमा १२ अर्ब ९४ करोड चुक्तापूँजी भएको बैंकले खूद नाफा पनि बढाएर ४ अर्ब ९१ करोड माथि पुर्याएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३ अर्ब ७० करोडको तुलनामा ३२.८० प्रतिशतको बढोत्तरी हो । 

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

नाफामा सुधार भएसँगै अघिल्लो वर्ष ३१.४७ रुपैयाँमा सीमित प्रतिसेयर आम्दानी ३७.९९ रुपैयाँ पुगेको छ ।  

एभरेष्ट बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ५ अर्ब ६६ करोड रुपैयाँमा सीमित सञ्चालन मुनाफा बढेर ७ अर्ब ४५ करोड माथि पुगेको छ भने ७ अर्ब ६४ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ९ अर्ब १२ करोड बढी पुगेको छ ।  

बैंकले विषम परिस्थितिमा समेत निस्क्रिय कर्जा घटाउने सफलता प्राप्त गरेको छ । जसअनुसार अघिल्लो वर्ष ०.७१ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात घटेर ०.३८ प्रतिशतमा सीमित बन्न पुगेको छ ।  

अघिल्लो वर्ष यही अवधिमा १३.९३ प्रतिशतमा सीमित रिटर्न अन इक्वीटी(आरओई) बढेर यो वर्ष १६.४४ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ रु. २३६.२८ बाट बढेर रु.२४७.३९ रुपैयाँको उचाईमा पुगेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म बैंकको कुल निक्षेप २ खर्ब ९८ अर्ब ८१ करोड तथा कुल कर्जा प्रवाह २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको निक्षेप २ खर्ब ३२ अर्ब ३१ करोड तथा कुल कर्जा १ खर्ब ७८ अर्ब २१ करोडमा सीमित रहेको थियो ।  

बैंकको कस्ट अफ फण्ड अघिल्लो वर्षको ५.६४ प्रतिशतबाट घटेर ३.८७ प्रतिशतमा सीमित बनेको छ भने आधार दर ८.१३ बाट घटेर ५.२७ प्रतिशतमा आइपुगेको छ ।

समीक्षा अवधिमा एभरेष्ट बैंकको तरलता अनुपात ३८.९४ प्रतिशत,  सम्पत्तिमा प्रतिफल १.४९ प्रतिशत तथा पीई अनुपात १८.४७ गुणा कायम भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.