काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ ।
बैंकले आगामी कात्तिक १२ गते बुधबारका दिन काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आफ्नो ३१ औं वार्षिक साधारणसभा समेत आह्वान गरेको छ ।
सोही प्रयोजनका लागि असोज २४ गते बुक क्लोजको मिति तोकिएको छ ।
सो सभामा सहभागी बन्न तथा बैंकको सञ्चालक समितिले यसअघि घोषणा गरेको लाभांश पाउन चाहनेले असोज २४ गतेभन्दा अगाडि नै बैंकको सेयर खरीद गरी सेयरधनी कायम भइसक्नुपर्नेछ ।
साधारणसभामा बंैकको हाल कायम चुक्तापूँजीको १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव पेश हुनेछ ।
साधारणसभामा सञ्चालक समितिका अध्यक्षको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पेश भई छलफलबाट पारित गर्ने कार्यसूची समेत रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।