बिहीबार, आश्विन १,२०८३ 06:32:09
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 06:32:09
Bizshala
Global IME Bank Limited

गभर्नरको टेको, बजारको धक्का: प्रभु बैंक १९ बैंकमध्ये पुछारमा

गभर्नरको टेको, बजारको धक्का: प्रभु बैंक १९ बैंकमध्ये पुछारमा
New Office

काठमाडौं। सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका बेला दोस्रो बजारमा वाणिज्य बैंकहरूको सेयरमूल्यको नयाँ ‘पोजिसनिङ’ देखिएको छ। कुनै समय मूल्यका आधारमा अग्रपंक्तिमा रहने केही बैंक पछि धकेलिएका छन् भने वित्तीय सूचकमा सुधार गरेका बैंकहरू लगानीकर्ताको रोजाइमा पर्न थालेका छन्।

असोज १ गतेको अन्तिम कारोबार मूल्यका आधारमा एभरेष्ट बैंक प्रतिकित्ता ६९१ रुपैयाँसहित सबैभन्दा महँगो वाणिज्य बैंक बनेको छ। बोनस सेयर समायोजनपछि पनि एभरेष्टले शीर्ष स्थान जोगाएको हो।

प्रतिकित्ता ६५५ रुपैयाँ रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंक दोस्रो स्थानमा छ। लामो समय बैंकिङ समूहको मूल्य नेतृत्व गर्दै आएको नबिल बैंक भने ५६० रुपैयाँसहित तेस्रो स्थानमा झरेको छ।

वित्तीय प्रदर्शनमा सुधारसँगै आकर्षक लाभांश क्षमता देखाएको सिद्धार्थ बैंकले दोस्रो बजारमा उल्लेख्य छलाङ मारेको छ। प्रतिकित्ता ४४७ रुपैयाँ पुगेको सिद्धार्थ चौथो महँगो वाणिज्य बैंक बनेको छ। नेपाल एसबीआई बैंक ४०४ रुपैयाँसहित पाँचौँ स्थानमा छ।

Shivam Cement
Bizshala
CG Motors

सानिमाको उदय, एनआईसी एशिया मध्यम समूहमा

सानिमा बैंक प्रतिकित्ता ३६४ रुपैयाँसहित छैटौँ स्थानमा पुगेको छ। बैंकको पछिल्लो वित्तीय प्रदर्शन, प्रतिसेयर आम्दानी, प्रतिफल र लाभांश क्षमताले यसको मूल्यलाई साथ दिएको देखिन्छ।

कुनै समय दोस्रो बजारका लगानीकर्ताको अत्यधिक आकर्षणमा रहेको एनआईसी एशिया बैंक भने ३२५ रुपैयाँसहित सातौँ स्थानमा सीमित भएको छ। बैंकको सेयरमूल्यले विगतको तुलनामा कमजोर पोजिसन बनाएको हो।

कृषि विकास बैंक ३०९ रुपैयाँ र नेपाल बैंक २८८ रुपैयाँमा कारोबार भएका छन्। सरकारी स्वामित्वको बलियो आधार भए पनि यी बैंकले निजी क्षेत्रका शीर्ष बैंकसँगको मूल्य दूरी घटाउन सकेका छैनन्।

ग्लोबल आइएमई, माछापुच्छ्रे, प्राइम र एनएमबी बैंकको मूल्य भने साँघुरो दायरामा छ। यी चार बैंकको मूल्य २५१ देखि २५८ रुपैयाँबीच रहनुले लगानीकर्ताले उनीहरूको जोखिम, प्रतिफल र भावी लाभांश क्षमतालाई लगभग समान स्तरमा मूल्यांकन गरिरहेको संकेत गर्छ।

प्रभुप्रति बजारको सबैभन्दा कमजोर मूल्यांकन

प्रभु बैंक प्रतिकित्ता १८६ रुपैयाँसहित सूचीकृत वाणिज्य बैंकमध्ये सबैभन्दा पुछारमा परेको छ। यो मूल्य १९ बैंकको औसत मूल्य ३३१ रुपैयाँभन्दा करिब ४४ प्रतिशत कम हो।

न्यून गुणस्तरको कर्जा, बढ्दो निष्क्रिय कर्जा, कमजोर वितरणयोग्य नाफा, संस्थागत सुशासनमाथिका प्रश्न र बैंकसम्बन्धी नकारात्मक धारणाले लगानीकर्ताको विश्वास प्रभावित भएको दोस्रो बजारको मूल्यले संकेत गर्छ। बैंक नियामकीय निगरानीमै सञ्चालनमा रहे पनि बजारले त्यसका विद्यमान वित्तीय जोखिमलाई छुट दिएको देखिँदैन।

प्रभुभन्दा एक स्थानमाथि रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मूल्य १९२ रुपैयाँ छ। हिमालयन बैंक १९४ रुपैयाँसहित पुछारबाट तेस्रो स्थानमा छ। ठूला मर्जरपछि बनेका यी दुवै बैंकले आकार बढाए पनि दोस्रो बजारमा अपेक्षित विश्वास आर्जन गर्न नसकेको मूल्य वरीयताले देखाउँछ।

Muktinath Bikas Bank Limited

शीर्ष र पुछारबीच ५०५ रुपैयाँको खाडल

एभरेष्ट र प्रभु बैंकको प्रतिकित्ता मूल्यबीच ५०५ रुपैयाँको अन्तर छ। एभरेष्टको मूल्य प्रभुको तुलनामा ३.७१ गुणा बढी छ। स्ट्यान्डर्ड चार्टर्डको सेयरसमेत प्रभुभन्दा ४६९ रुपैयाँ महँगो छ।

सूचीमा रहेका १९ बैंकको औसत मूल्य प्रतिकित्ता ३३१ रुपैयाँ र मध्य मूल्य २५८ रुपैयाँ देखिएको छ। तर नौ बैंकको मूल्य मात्रै औसतभन्दा माथि छ। बाँकी १० बैंक औसत मूल्यभन्दा तल छन्।

बजारले बैंकको आकार वा पुरानो प्रतिष्ठाभन्दा पनि नाफाको गुणस्तर, खराब कर्जा नियन्त्रण, प्रतिसेयर आम्दानी, नेटवर्थ, लाभांश क्षमता र संस्थागत सुशासनलाई बढी महत्व दिन थालेको यो नयाँ पोजिसनिङले देखाउँछ।

यद्यपि प्रतिकित्ता बजारमूल्यलाई मात्र बैंकको समग्र वित्तीय स्वास्थ्यको अन्तिम मापक मान्न मिल्दैन। बैंकहरूको चुक्ता पुँजी, बोनस तथा हकप्रदपछिको मूल्य समायोजन, प्रतिसेयर नेटवर्थ र सेयर संख्यामा भिन्नता हुन्छ। तर एउटै उपसमूहभित्र लगानीकर्ताको विश्वास र जोखिमसम्बन्धी धारणाको तत्काल चित्र हेर्न भने यो वरीयता अर्थपूर्ण छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.