चाडपर्वमा वालेटमा रकम जम्मा गर्न सहज, दैनिक सीमा १० बाट ५० पटक पुग्यो
काठमाण्डौ । दशैं, तिहार र छठमा डिजिटल भुक्तानी गर्ने प्रयोगकर्तालाई नेपाल राष्ट्र बैंकले अस्थायी सहुलियत दिएको छ। व्यक्तिगत वालेटमा एक दिनमा रकम जम्मा गर्न सकिने अधिकतम संख्या १० पटकबाट बढाएर ५० पटक पुर्याइएको हो।

