शनिबार, असार १४,२०८२ 04:36:00
  • शनिबार, असार १४,२०८२ 04:36:00
Global IME Bank Limited

बैंकिङ प्रणालीको निक्षेप संकलन ६२.८८ खर्ब पुग्यो, कर्जा प्रवाह ४ अर्बले बढ्यो

Hyundai Nepal
बैंकिङ प्रणालीको निक्षेप संकलन ६२.८८ खर्ब पुग्यो, कर्जा प्रवाह ४ अर्बले बढ्यो
Nabil Bank Limited

काठमाण्डो । बैंकिङ प्रणालीको निक्षेप संकलन ६२ खर्ब ८८ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा आँकडाअनुसार असार १० गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो ।  

असार ९ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६२ खर्ब ८८ अर्ब रुपैयाँ नै निक्षेप संकलन रहेको थियो ।  

वाणिज्य बैंकहरुको निक्षेप संकलन ५६ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ । गत असार ४ गतेसम्म पनि वाणिज्य बैंकहरुको निक्षेप संकलन ५६ खर्ब ६८ अर्ब नै थियो । अन्य वित्तीय संस्थाको निक्षेप संकलन पनि स्थिर नै रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब २० अर्ब रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

निक्षेप संकलनसँगै बैंकिङ प्रणालीको कर्जा प्रवाह भने बढेको छ । गत असार ९ गतेसम्म ५१ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असार १० गतेसम्म भने ५१ खर्ब ४१ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ ।  

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि बढेको छ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४ अर्ब रुपैयाँले बढ्दै ४५ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । असार ९ गतेसम्म ७९.५८ प्रतिशत रहेको सीडी रेसियो बढेर ७९.६५ प्रतिशत कायम भएको छ ।  

यस्तै अन्तर बैंक ब्याजदर पनि झिनो विन्दुले बढेको छ । अन्तर बैंक ब्याजदर २.९९ प्रतिशतबाट बढेर ३ प्रतिशत कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.