मंगलवार, बैशाख १,२०८३ 06:26:26
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 06:26:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

देवकुमार ढकाल भन्छन्-'नेपालको बैंकिङ दक्षिण एशियामै सवल छ, ढुक्क भएर कारोबार गर्नू'

Bizshala
देवकुमार ढकाल भन्छन्-'नेपालको बैंकिङ दक्षिण एशियामै सवल छ, ढुक्क भएर कारोबार गर्नू'
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको बैंक सुपरीवेक्षण विभागका प्रमुख (कार्यकारी निर्देशक) देवकुमार ढकालले नेपालको बैंकिङ दक्षिण एशियाकै अब्बल रहेको दाबी गरेका छन् ।  

बिजशालासँग कुरा गर्दै उनले नेपालको बैंकिङमा कुनै पनि ठूलो समस्या नरहेको र अधिकांश बैंक तथा वित्तीय संस्थाको वित्तीय सूचक राम्रो रहेको उल्लेख गर्दै सर्वसाधारणलाई ढुक्क भएर कारोबार गर्न र कसैले फैलाएको सुनियोजित हल्लाको पछाडि नलाग्न आग्रह गरेका हुन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

पछिल्लो  समय एनआईसी एशिया लगायतका बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध फैलाइएको दुष्प्रचारको विषयमा सोधिएको प्रश्नमा उनले कुनै पनि संस्थामा बाहिर आएको हल्लाजस्तो समस्या नरहेको बताएका हुन् ।  

'हाम्रा बैंक तथा वित्तीय संस्थाहरुको अवस्था खराब छैन । केहीको निस्क्रिय कर्जा अनुपात बढेको छ । हामीले ५ प्रतिशतभित्र निस्क्रिय कर्जा अनुपातलाई सीमित राख्ने नीतिगत व्यवस्था गरेका छौं ।' ढकालले भने-'अधिकांशको निस्क्रिय कर्जा अनुपात सीमाभित्रै छ । एनआईसी एशियाको त अझ १.१९ प्रतिशत मात्र छ । एनआईसी एशिया लगायतका केही बंैकको मुख्य सूचक यो उद्योगको औसतभन्दा पनि राम्रो देखिन्छ । बाहिर हल्ला गरिएजस्तो कुनै पनि संस्थामा समस्या छैन ।'  

उनले नेपालका बैंक तथा वित्तीय संस्थासँग ढुक्क भएर कारोबार गर्न र आधारहीन हल्लाको पछाडि नलाग्न समेत सर्वसाधारणमा आह्वान गरेका छन् ।  

(यसअघि प्रकाशित समाचारको हेडलाइन सम्पादन गरिएको छ।) -सम्पादक

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.