काठमाण्डौ । अबदेखि साउन १ गते नै मौद्रिक नीति आउने भएको छ । नेपाल राष्ट्र बैंकले प्रत्येक वर्षको साउन १ गते नै आर्थिक वर्षको मौद्रिक नीति जारी गर्ने गरी राष्ट्र बैंक ऐनमा संशोधन गर्ने अर्थ समितिले निर्णय गरेको छ ।
साउन १ गते बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि भने मौद्रिक नीति जारी गर्ने कुनै विशेष मिति तोकिएको थिएन । जस कारण मौद्रिक नीतिमा ढिलासुस्ती हुँदै आएको थियो ।
उक्त व्यवस्थालाई परिवर्तन गर्न नेपाल राष्ट्र बैंक ऐनमा आवश्यक संशोधनको निर्णय गरिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।