काठमाण्डौ । नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ भदौ महिनामा मोबाइल बैंकिङमार्फत मात्रै ६ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँबराबरको कारोबार भएको छ।
भदौमा मोबाइल बैंकिङमार्फत ८ करोड ११ लाख ९४ हजार वटा कारोबार भएका हुन्।
यस्तै, क्यूआर कोडमार्फत ७ करोड ५५ लाख ८१ हजार वटा कारोबार हुँदा १ खर्ब ६७ अर्ब ९३ करोड रुपैयाँबराबरको भुक्तानी भएको छ।
डेबिट कार्डमार्फत पनि उल्लेख्य कारोबार भएको छ। भदौ महिनामा डेबिट कार्ड प्रयोगकर्ताले १ करोड ८० हजार वटा कारोबारमार्फत ७४ अर्ब ७८ करोड रुपैयाँबराबरको कारोबार गरेका छन्।
राष्ट्र बैंकको तथ्यांकले मोबाइल बैंकिङ र क्यूआर कोड डिजिटल भुक्तानीका प्रमुख माध्यमका रूपमा तीव्र रूपमा विस्तार भइरहेको देखाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।