डिजिटल कारोबारमा उछाल, एक महिनामै मोबाइल बैंकिङबाट ६१४ अर्बको कारोबार
काठमाण्डौ । नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ भदौ महिनामा मोबाइल बैंकिङमार्फत मात्रै ६ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँबराबरको कारोबार भएको छ।भदौमा मोबाइल बैंकिङमार्फत ८ करोड ११ लाख ९४ हजार वटा कारोबार भएका हुन्।

