आईतवार, असार १५,२०८२ 12:10:39
  • आईतवार, असार १५,२०८२ 12:10:39
Global IME Bank Limited

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २.४० करोड नाघ्यो, एकै महिना थपिए २ लाख बढी

Hyundai Nepal
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २.४० करोड नाघ्यो, एकै महिना थपिए २ लाख बढी
Nabil Bank Limited

काठमाण्डौ । एक महिनामै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ लाख बढीले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४० लाख ५३ हजार ६२९ पुगेको छ । जुन फागुन महिनाको तुलनामा १.१३ प्रतिशत अर्थात २ लाख ७० हजार २४० ले बढी हो ।  

फागुन महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख ८३ हजार ३८९ थियो ।  

यस्तै चैतसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १९ लाख ४ हजार ७७३ पुगेको छ । गत फागुनसम्म भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १८ लाख ७४ हजार ९८२ थियो । यसरी एक महिनाको अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २९ हजार ७९१ ले बढेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

पछिल्लो समय प्रविधिको विकाससँगै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्यामा निरन्तर वृद्धि भईरहेको छ । कोरोना महामारीपछि मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यामा वृद्धि भईरहेको छ । बैंक तथा वित्तीय संस्था र सरकार स्वयमले पनि डिजिटल कारोबारलाई प्रात्साहन गर्ने नीति लिएकाले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढिरहेको तथ्यांकले देखाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.