सोमबार, भाद्र १,२०८३ 12:13:30
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 12:13:30
Bizshala
Global IME Bank Limited

लगानीकर्ताले दिए मौद्रिक नीतिका सुझाव, बैंकलाई थप स्वतन्त्रतादेखि एनआरएनको लगानी सहजसम्म

लगानीकर्ताले दिए मौद्रिक नीतिका सुझाव, बैंकलाई थप स्वतन्त्रतादेखि एनआरएनको लगानी सहजसम्म
New Office

काठमाण्डौ । सेयर लगानीकर्ताहरुले आगामी आवको मौद्रिक नीतिमा सरकारलाई पूँजीबजार विकास र अर्थतन्त्रमा सुधारको सुझाव दिएका छन् ।  

सेयर लगानीकर्ताका संघहरुले राष्ट्रिय स्वतन्त्र पार्टीको मुद्रा तथा पूँजीबजार विभागसमक्ष नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४ को लागि अर्थतन्त्रमा सुधार ल्याई पूँजीबजारको विकास गर्नुपर्ने सुझाव दिएका हुन् ।  

लगानीकर्ताहरुले बैंकलाई दोस्रो बजारमा थप स्वतन्त्रता हुनुपर्ने सुझाव पेश गरेका छन् । साथै बैंकको लगानी सीमा, लक–इन पिरियड र लगानी सम्बन्धी पुनरावलोकनको सुझाव दिएका छन् ।  

Bizshala
CG Motors

त्यस्तै, सेयर धितो कर्जा सुधार, एनआरएनको लगानी सहज, व्याजदर स्थिर र लगानीमैत्री हुनुपर्ने, लघुवित्तको लाभांश सीमा सुधार, कर्पोरेट बण्ड मार्केट विकास, ब्रोकर मार्जिन ट्रेडिङ तथा नयाँ वित्तीय उपकरण जस्ता विषयहरुको सु्झाव दिएका छन् ।  

नेपाल राष्ट्र बैंकले आव २०८३/८४ को मौद्रिक नीति सामान्यतया असारको मध्यतिर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । हाल राष्ट्र बैंकले विभिन्न निकाय तथा संघसंस्थाहरुसँग सुझाव संकलन प्रक्रिया सुरु गरेको छ र प्राप्त सुझावहरुको अध्ययनपछि नीतिलाई अन्तिम रुप दिने तयारी गरिरहेको छ ।  

बजारमा अहिले लगानीकर्ताहरु मौद्रिक नीतिको प्रतिक्षामा छन् र यदि सकारात्मक व्यवस्थाहरु आएमा बजारमा नयाँ मोमेन्टम आउन सक्ने अनुमान गरिएको छ ।  

लगानीकर्ताहरुले पेश गरेका ११ बुँदे सुझाव :

– बैंकलाई दोस्रो बजारमा थप स्वतन्त्रता (लगानी सीमा, लकइन पिरियड र लगानी सम्बन्धी प्रतिबन्ध पुनरावलोकन)

– माइक्रोफाइनान्स लाभांश सीमा सुधार (सीएआर रेसियो भएका संस्थाका लागि लचकता)

–सेयर धितो कर्जा सुधार (रिस्क बेस्ड मार्जिन लेन्डिङ र एलटीभी रेसियो लागू)

–पूँजीबजारमा तरलता वृद्धि (बैंकले प्रवाह गर्ने कुल ऋणको आधारमा सेयर धितो कर्जाको सीमा लागू)

–एनआरएन लगानी सहज (नाफपा र लगानी रकम फिर्ता लैजाने व्यवस्था)  

–संस्थागत कोषहरुको सक्रिय परिचालन (इपीएफ, सीआइटी, एसएसएफ, बीमा कोषलाई बजारमा नीतिगत सहजीकरण)

–ब्याजदर स्थिर र लगानीमैत्री (ब्याजदर रेट करिडरमार्फत स्थिर र अनुमानयोग्य ब्याजदर)

–पूँजीबजारलाई उत्पादकशील क्षेत्रको मान्यता (मौद्रिक नीतिमा पूँजीबजारलाई उत्पादकशील क्षेत्रका रुपमा समावेश)

–कर्पोरेट बण्ड मार्केट विकास  (कर्पोरेट बण्ड जारी गर्न सहजीकरण र कार्यदल गठन)

–सेक्ट्रल केवाइसी तथा डिजिटल एकीकरण (सेन्ट्रल केवाइसी प्ल्याटफर्म र एपीआई इन्टिग्रेसन लागू)

– ब्रोकर मार्जिन ट्रेडिङ तथा नयाँ वित्तीय उपकरण (एसएलबी, एआरआईएफ, ब्रोकर फाइनान्सिङ र कमर्सियल पेपर फ्रेमवर्क लागू)

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.