आईतवार, असार १५,२०८२ 03:04:32
  • आईतवार, असार १५,२०८२ 03:04:32
Global IME Bank Limited

घट्दो महङ्गी: तराई र पहाडमा केही सहज, काठमाण्डौ र हिमालमा सकस

Hyundai Nepal
घट्दो महङ्गी: तराई र पहाडमा केही सहज, काठमाण्डौ र हिमालमा सकस
Nabil Bank Limited

काठमाण्डौ । तथ्याङ्कमा महङ्गी लगातार घटिरहेको देखिएको छ ।  

नेपाल राष्ट्रबैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको देशको आर्थिक तथा वित्तीय स्थितिको रिपोर्टमा यस्तो देखिएको हो ।  

वार्षिक विन्दूगत आधारमा बैशाख मसान्तसम्ममा मुद्रास्फिति ४.४० प्रतिशतमा सीमित भएको हो ।  

चैत मसान्तसम्म यस्तो मुद्रास्फिति ४.६१ प्रतिशत रहेको थियो । 

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ । 

२०८१ वैशाख महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३० प्रतिशत, तराईको ४.३२ प्रतिशत, पहाडको४.७० प्रतिशत र हिमालको४.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.६८ प्रतिशत, ७.१५ प्रतिशत, ७.५७ प्रतिशत र ७.१२ प्रतिशत रहेको थियो ।

२०८० चैतको तुलनामा काठमाण्डौ र हिमालमा महंगी बढेको छ भने बाँकी क्षेत्रमा घटेको देखिएको छ । चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको५.३३ प्रतिशत र हिमालको४.३२ प्रतिशत रहेको थियो  ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.