शनिबार, फाल्गुन १०,२०८१ 03:49:09
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 03:49:09
IME remit
Global IME Bank Limited

राष्ट्र बैंकको कारवाहीमा एक दर्जन बढी बैंक तथा वित्तीय संस्था, कुन–कुन परे ?

Hyundai Nepal
राष्ट्र बैंकको कारवाहीमा एक दर्जन बढी बैंक तथा वित्तीय संस्था, कुन–कुन परे ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एक दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । केन्द्रीय बैंकको वित्तीय सुपरिवेक्षण विभागले पुनरकर्जा, व्यवसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जा सदुपयोग नभएको भन्दै र अनिवार्य नगद मौज्दात नपुग भएको भन्दै १६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको हो ।  

राष्ट्र बैंकले विकास बैंकतर्फ लुम्बिनी विकास बैंक, कर्णाली विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ ।  

त्यस्तै, वित्त समूहतर्फ राष्ट्र बैंकको कारबाहीमा पर्नेमा समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्स रहेका छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

नेपाल राष्ट्र बैंकले स्थलगत निरीक्षणको क्रममा कालोसूची मै रही रहेका ऋणीलाई व्यक्तिगत अधिविकर्ष कर्जा प्रवाह गरेको पाइएकाले नेपाल राष्ट्र बैक ऐन बमोजिम गरिमा विकास बैंकलाई सचेत गराएको छ ।  

साथै पुस महिनामा ९ गतेको पत्रबाट कर्णाली डेभलपमेन्ट बैंकको निक्षेपकर्ताको बचत रकम भुक्तानी गर्न उल्लेखनीय रुपले असमर्थ रहेको हुँदा संस्थाको सञ्चालक समितिको निर्णय सहित नेपाल राष्ट्र बैंक ऐन अनुसार उक्त बैंकलाई जानकारी गराई उपचारात्मक कारवाही तथा सहयोगको लागि अनुरोध गरेकाले यस बैंकको सञ्चालक समितिको निर्णयानुसार उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐनबमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा ८६ ग।को उपदफा (२) मा भएको व्यवस्था बमोजिम संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरिएको र सोही ऐनको दफा ८६ ग. को उपदफा (१) बमोजिम संस्थाको सञ्चालन तथा व्यवस्थापन यस बैंकबाट गठित व्यवस्थापन समुहमार्फत आफ्नो नियन्त्रणमा लिएको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले पोखरा फाइनान्सलाई स्थलगत निरीक्षणको क्रममा संस्थाको सञ्चालक समितिले आफैं वा आफू अन्तर्गतका समितिहरुमार्फत पर्याप्त निगरानी नगरेको कारण संस्था समस्याउन्मुख अवस्थामा पुग्न गएको हुँदा सो सम्बन्धमा संस्थाको संञ्चालक समितिलाई सचेत गराएको छ ।  

त्यस्तै, सेन्ट्रल फाइनान्सलाई अनिवार्य नगद मौज्दात नपुग भएकाले राष्ट्र बैंकले जरिवाना भराएको छ । राष्ट्र बैंकको व्यवस्था बमोजिम फाइनान्सले कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा पहिलो पटकका लागि ९ हजार १०६ रुपैयाँ जरिवाना तिराएको छ ।  

यसका साथै ७ वटा विकास बैंकहरुले पुनरकर्जा, व्यवसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जा सदुपयोग गरेको भन्दै ७ वटा विकास बैंकलाई कारबाही गरेको छ ।  

राष्ट्र बैंकले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा सहुलियत सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेश गरेको प्रतिवेदनमा संस्थाहरुबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणकबाट तयार गरी यस बैंकमा पेश गरेको प्रतिवेदनमा खुलाइए अनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र यस बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन भएको हुँदा ७ वटा विकास बैंकका सीइओहरुलाई सचेत गराएको छ ।  

यस्तो नियम उल्लंघन गर्ने विकास बैंकहरुमा लुम्बिनी, महालक्ष्मी, कामना सेवा, मुक्तिनाथ, सालपा, गरिमा र सप्तकोशी रहेका छन् ।  

त्यस्तै, यता वित्त समूहतर्फ पनि ७ वटा संस्थालाई उस्तै सन्दर्भमा सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने फाइनान्स कम्पनीहरुमा समृद्धि, पोखरा, प्रोग्रेसिभ, आइसीएफसी, जानकी, सेन्ट्रल, रिलायन्स र गुडविल फाइनान्स रहेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.