बुधबार, आश्विन १४,२०८३ 06:30:42
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 06:30:42
Bizshala
Global IME Bank Limited

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

Bizshala
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त
New Office

काठमाडौं। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि सरकारले किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो। रावलको नियुक्तिसँगै राष्ट्र बैंकका दुवै डेपुटी गभर्नर पदले पूर्णता पाएका छन्। पण्डित र रावल दुवैको कार्यकाल नियुक्त भएको मितिदेखि पाँच वर्षको हुनेछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसअघिका डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र पाँच वर्षे कार्यकाल पूरा गरी अवकाश पाएपछि दुवै पद रिक्त भएका थिए। सरकारले पहिलो चरणमा पण्डितलाई नियुक्त गरेको थियो भने बाँकी एउटा पदमा बुधबार रावललाई जिम्मेवारी दिएको हो।

नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नरले बैंकका बहालवाला कार्यकारी निर्देशकहरूमध्येबाट सम्भावित उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्ने व्यवस्था छ। सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने प्रावधान छ।

डेपुटी गभर्नरले मौद्रिक नीति कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षण, विदेशी विनिमय व्यवस्थापन, वित्तीय स्थायित्व तथा केन्द्रीय बैंकको दैनिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। रावलको नियुक्तिसँगै गभर्नर विश्वनाथ पौडेल नेतृत्वको राष्ट्र बैंकको उच्च व्यवस्थापन टोलीले पूर्णता पाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.