शनिबार, फाल्गुन १०,२०८१ 03:51:43
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 03:51:43
IME remit
Global IME Bank Limited

मौद्रिक समीक्षाप्रति लगानीकर्ताको प्रतिक्रिया-'अपेक्षित आएन, यही बाहानामा खेलाडीले कित्ता खोस्लान्, होस गर्नू !'

Hyundai Nepal
मौद्रिक समीक्षाप्रति लगानीकर्ताको प्रतिक्रिया-'अपेक्षित आएन, यही बाहानामा खेलाडीले कित्ता खोस्लान्, होस गर्नू !'
Nabil Bank Limited

काठमाण्डौ । लगानीकर्ताहरुले बहुप्रतिक्षित नेपाल राष्ट्रबैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक भएको छ। यसअघि सार्वजनिक गरिएको नीतिलाई नै हुबहु निरन्तरता दिनेगरी आएको समीक्षाबाट सेयर बजारका लगानीकर्ता भने उत्साहित देखिएनन् ।  

लगानीकर्ताहरुले केही लचक खालको समीक्षा माग गरेका थिए भने बैंकरहरुले पनि कर्जा प्रवाहका लागि थप केही बाटोहरु खुलाउने खालको नीति मागेका थिए । तर नेपाल राष्ट्रबैंकले भने सरोकारवालाको सुझावलाई बेवास्ता गर्दै पुरानै नीतिलाई हुबहु निरन्तरता दिने गरी समीक्षा सार्वजनिक गरिदिएको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

राष्ट्रबैंकले हरेक मौद्रिक नीतिको समीक्षा बनाउनुअघि सरोकारवालाहरुसँग सुझाव माग्ने गर्छ, तर त्यो कर्मकाण्डमा मात्र सीमित हुन्छ । त्यसरी गएका राम्रा सुझावहरुको कार्यान्वयनमा केन्द्रीय बैंक सधैं अनुदार हुँदै आएको छ ।  

नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले सामान्यतया पहिलो समीक्षामा केही नआएता पनि दोस्रो समीक्षामा केही सुधार हुने अपेक्षा राखिएको बताउँछन् । उनले भने -'हामीले माग गरेजस्तो केही पनि आएन । तर बिगारेर पनि केही आएको छैन । हामीले जोखिमभार घटाउनुपर्ने तथा माइक्रो फाइनान्सको सिलिङ पनि हटाउनुपर्ने जस्ता माग राखेका थियौं । यी कुनै पनि विषय सम्बोधन भएनन् ।'  

उनले 'सेयर लगानीकर्ताहरुका लागि सेयरधितो कर्जाको जोखिमभार मात्रै घटाइदिएको भए पनि निकै राम्रो हुने थियो' भनेका छन् । तर, पूँजीबजारमैत्री भनिएको सरकारले अर्को समीक्षामार्फत केही अप्ठ्यारा नीतिहरुमा संसोधन गर्न आवश्यक रहेकोमा जोड दिए । 

अर्थशास्त्री सूर्यनारायण पौडेलको भनाईमा नयाँ नीतिहरु केही नआए पनि अप्रत्यक्ष रुपमा कर्जाको माग बढाउने खालको नै रहेको दाबी गरे । थप खुकुलो नगरे पनि थप कडाई पनि नगरेको उल्लेख गर्दै उनले थपे-'बैंकदरहरुमा केही परिवर्तन गरेको छैन । मूल्यवृद्धि सीमाभित्र नै रहेको छ । लगानीकर्ताहरुले चाहेजस्तो लचक समीक्षा नआएता पनि नकारात्मक हुनुपर्ने केही देखिन्न । हामी अहिले बुल रनमै छौं ।'  

पौडेलले समीक्षामा केही नआएको भन्दै बजारमा चलखेल हुनसक्ने बिषयमा भने लगानीकर्ता चनाखो हुनुपर्नेमा जोड दिए । उनले कुनै कारणले बजारमा बिक्रीदवाब देखियो नै भने पनि नेप्से परिसूचक २६४० भन्दा तल नजाने दाबी गरे ।  

सेयर बजार जानकार प्रेम ओलीले बजारमा लगानीकर्ताले सोचेजस्तो मौद्रिक समीक्षा नआएका कारण यसको प्रभाव देखिनसक्ने बताए । सेयर लगानीकर्ताहरुले केही लचक नीति अपेक्षा गरेका थिए । 'तर त्यो अनुसार नभएको कारण बजारले केही रिएक्सान गर्न सक्छ ।' उनले भने -'तर अहिले ब्याजदर घटेको र तरलता फालाफाल भएको कारण बजारमा खासै ठूलो असर पर्ने भने देखिन्न । अहिले भनेको लगानी थप्ने बेला हो ।'

बजार जानकार विरेन्द्र विष्ट मौद्रिक नीतिमा खासै सेयरबजारलाई प्रभाव पार्ने व्यवस्था नआएका कारण बजार केही दिन साइड वेजमा चल्न सक्ने बताउँछन् । ‘‘मौद्रिक नीतिमा आम लगानीकर्ताले बजारलाई सकारात्मक प्रभाव पार्ने थप व्यवस्था आउन सक्ने आशा गरेका थिए तर यसअघिको मौद्रिक नीति पनि बजारलाई नकारात्मक प्रभाव पार्ने खालको भने थिएन’ उनले भने, ‘मौद्रिक नीति समिक्षापछि बजार केही दिन ५०–६० अंकसम्म घट्न सक्छ त्यसपछि बजारले केही सुधार लिन सक्ने देखिन्छ ।’

मौद्रिक नीतिमा लगानीकर्ताले अपेक्षा गरेअनुसारको सम्बोधन नहुँदा बजारमा राम्रा कम्पनी नचल्ने उनले बताए । ‘मौद्रिक नीति यसअघि नै सकारात्मक थियो । थप नकात्मक व्यवस्था नआउनु पनि सेयरबजारको लागि प्लस पोइन्ट नै हो तर अब बजारमा राम्रा कम्पनी चल्ने जस्तो भने देखिदैन’ उनले भने, ‘बजार पहिलाको जस्तो अवस्थामा थियो त्यसरी नै चल्ने देखिन्छ । यसअघि बजारमा राम्रा कम्पनी भन्दा वित्तीय अवस्था नाजुक भएका कम्पनीहरु चल्दै आएका थिए अबपनि बजार त्यसरी नै चल्ने देखिन्छ ।’

आगामी दिनमा लगानीकर्ताले बजारमा लगानी गर्दा थप ध्यान दिनुपर्ने उनी सुझाव दिन्छन् । ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल पनि सकिन लागेको छ यसकारण लगानीकर्ताले बजारमा लगानी गर्दा वित्तीय सुशासन राम्रा भएका कम्पनी र फन्डामेन्टल रुपमा बलिया कम्पनीहरुमा लगानी गर्दा उचित हुन्छ’ उनले भने, ‘अहिले बजारमा सर्ट टर्म इन्भेष्टका लागि लगानीकर्ताले चर्चामा रहेका वित्तीय अवस्था खस्किएका कम्पनी छान्ने र चलखेल गरी सेयरभाउ बढाएर बजार चलाउने प्रवृत्ति मौलाएको छ तर दीर्घकालिन लगानीका लागि हो भने लगानीकर्ताले फन्डामेन्टल बलिया कम्पनीमा नै लगानी गर्दा उचित हुन्छ ।’  

त्यस्तै, अर्का बजार जानकार दामोदर गजुरेलले पनि मौद्रिक नीतिको समिक्षा सेयरबजारको लागि तटस्थ खालको रहेको बताएका छन् । ‘मौद्रिक नीति समग्रमा बजारलाई न थप सकारात्मक प्रभाव पार्ने न त नकारात्मक प्रभाव नै पार्ने खालको आएका छ । लगानीकर्ताले बजारलाई चलायनमान बनाउन थप व्यवस्था आउने अपेक्षा गरेपनि मौद्रिक नीतिमा बजारलाई घटाउने खालको नीति पनि आएको छैन यसलाई सकारात्मक रुपमा नै लिनुपर्छ’ उनले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीतिमा तरलतालाई थप म्यानेज गर्ने वा बैंक वित्तीय संस्थाले तरलता प्रसुचन गरेर राख्नुपर्ने र वित्तीय संस्थाहरुलाई थप सहुलियत दिने भनेको छ, जुन यो बजारको लागि प्लस प्वइन्ट हुन सक्छ ।’

लगानीकर्ताले बजारलाई चलायमान बनाउने खालको थप व्यवस्था नआएका कारण एक दुई दिन बजार घट्न सक्ने उनले बताए । ‘मौद्रिक नीति यस्तै खालको आउने सम्भावनाले पनि हिजोको बजारमा सामान्य गिरावट आएको हो । आइतबार र सोमबार बजारमा सप्लाई बढी हुन सक्ने र बजार घट्न सक्ने देखिन्छ’ उनले भने, ‘तर मौद्रिक नीतिमा राष्ट्र बैंकले वार्षिक रुपमा दिनुपर्ने सुविधा दिएकै छ । संस्थागततर्फको क्याप हटिसकेको छ लगाननीकर्ताले अब व्यक्तिगततर्फको पनि हट्नुपर्ने आश गरेका छन् सम्भवतः वार्षिक मौद्रिक नीतिमा त्यो पनि हुन सक्ला । हिजोका दिनमा जस्तो बजार बढ्नै नसक्ने खालको नीति छैन यसकारण ढिला भएपनि बजारले विस्तारै लय समाउने देखिन्छ ।’

समग्र इन्डिकेटर हेर्दा अहिलेको बजारको अवस्था ठिक रहेको उनको भनाई छ । ‘एक दुई दिन कर्नरिङ गरेका सेयरमा बिक्री चाप बढ्न सक्छ तर बजारको समग्र इन्डिकेटर र टर्न ओभरको अवस्था हेर्दा भने अहिलेको बजारको अवस्था ठिक छ’ उनले भने, ‘यो मौद्रिक नीतिको समिक्षाले बजार बढ्न सघाउ नपुगेपनि समग्र बजारलाई घटाउन पनि दिदैन ।’

आगामी दिनमा लगानीकर्ताले कम्पनीको फन्डामेन्टल हेरेर मात्रै लगानी गर्न उनी सुझाव दिन्छन् । ‘बजारमा लगानी गर्ने लगानीकर्ताको आ–आफ्नै रणनीति हुन्छ । यदि रिक्स नचाहाने हो भने लगानीकर्ताले फन्डामेन्टल रुपमा बलिया कम्पनी र इक्टिकेटर हेरेर लगानी गर्नपर्दछ’ उनले भने, ‘साथै आफुले लगानी गर्न लागेको कम्पनीको वित्तीय अवस्थासँगै सो कम्पनी क–कसले सञ्चालन गरिरहेको छ भनेर सञ्चालकहरुको अवस्था र कम्पनीको लाभांश इतिहास पनि हेर्न जरुरी छ ।’

योसँगै अहिलेको अवस्थामा बजारमा लो क्याप वा मिड क्याप चल्ने भएकाले त्यस्ता कम्पनी चल्न सक्ने उनी बताउँछन् । ‘बजारमा लगानी गर्नुअघि लगानीकर्ताले ट्रेडको अवस्था र सेक्टर वाइज टे«न्डको अवस्था पनि हेर्नुपर्छ । अहिले बजारमा लो क्याप वा मिड क्याप भएका कम्पनीहरु धेरै चलेका छन् । समग्र देशको आर्थिक अवस्था हेर्दा अहिले यस्तै कम्पनीहरु धेरै चल्ने देखिन्छन्’ उनले भने, ‘तर फन्डामेन्टल रुपमा कमजोर कम्पनीमा लगानी गर्दा छोटो समयमै फाइदा हुने चान्स भएपनि रिस्क त्यसको दोब्बर हुन सक्छ । त्यस्ता कम्पनीमा नबुझेर हाम फाल्दा डुब्ने चान्स बढी रहन्छ ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.