मंगलवार, श्रावण १२,२०८३ 03:42:24
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 03:42:24
Bizshala
Global IME Bank Limited

सार्वजनिक ऋणको आकार २७.२९ खर्ब पुग्यो, चार महिनामा ५५.३६ अर्ब थपियो

सार्वजनिक ऋणको आकार २७.२९ खर्ब पुग्यो, चार महिनामा ५५.३६ अर्ब  थपियो
New Office

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो चार महिनासम्म सार्वजनिक ऋणको आकार २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो रकम गत असोजको तुलनामा ५५ अर्ब ३६ करोडले बढी हो । गत असोजसम्म सरकारसले तिर्न बाँकी सार्वजनिक ऋणको आकार २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ थियो ।

कात्तिकसम्मको सार्वजनिक ऋणको आकार देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा ४४.६९ प्रतिशत हो । कुल सार्वजनिक ऋणमध्ये १२ खर्ब ७५ अर्ब ९६ करोड आन्तरिक र १४ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । आन्तरिक ऋण जीडीपीको २०.८९ प्रतिशत र बाह्य ऋण २३.८० प्रतिशत हुन आउछ ।  

सरकारले यस वर्ष ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएको छ । सरकारले कात्तिकसम्म १ खर्ब ३८ अर्ब ७५ करोड रुपैयाँ संकलन गरेको छ ।

यस्तै सरकारले चार महिनाको अवधिमा १ खर्ब ५० अर्ब ८८ करोड ऋण भुक्तानी भएको छ । जसमध्ये १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ साँवा र बाँकी २३ अर्ब २७ करोड रुपैयाँ ब्याजका लागि खर्च भएको छ ।

यस आर्थिक वर्षमा सरकारले ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.