सार्वजनिक ऋण साढे ५ अर्बले घट्यो, असोजसम्म २५.२३ खर्ब पुग्यो
काठमाण्डौ । असोज मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार यो रकम गत भदौको तुलनामा ५ अर्ब ५८ करोड रुपैयाँले कम हो । जसमध्ये १२ खर्ब ८६ अर्ब ७३ करोड बाह्य र १२ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.२३ प्रतिशत हुन आउछ। हालसम्म...