काठमाण्डौ । नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार आव २०८०÷८१ सम्ममा देशको कुल ऋण दासयत्व २४ अर्ब ३३ अर्ब रुपैयाँ पुगेको हो । पछिल्लो एक वर्षमा सरकारले कुल ३ खर्ब ५८ अर्ब रुपैयाँ ऋण लिएको छ ।
वर्तमानको ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक जना नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ ऋणको दायित्व पर्न जान्छ । यस्तै सार्वजनिक ऋणको सावाँ भुक्तानी २ खर्ब ४३ अर्ब रुपैयाँ बराबर भएको छ ।
नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको आधारमा ४३ प्रतिशत हाराहारी हुन आउँछ । आव २०८०÷८१ सम्मको सार्वजनिक ऋण जीडीपीको ४२.६५ प्रतिशत हुन आउछ । यसमा आन्तरिक ऋणको हिस्सा जीडीपीको २०.७० प्रतिशत र वाह्य ऋणको हिस्सा २१.९५ प्रतिशत रहेको छ ।