मंगलवार, आश्विन १,२०८१ 01:08:17
IME remit
  • मंगलवार, आश्विन १,२०८१ 01:08:17
IME remit
Global IME Bank Limited

एक महिनामै थपियो ४१.११ अर्ब सार्वजनिक ऋण, प्रत्येक नेपालीको भागमा ८३ हजारको भार

Hyundai Nepal
एक महिनामै थपियो ४१.११ अर्ब सार्वजनिक ऋण, प्रत्येक नेपालीको भागमा ८३ हजारको भार
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ४१ अर्ब ११ करोड रुपैयाँबराबरको सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार साउन मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।  

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण नियाल्ने हो भने हरेक नेपालीको भागमा करिब ८३ हजार रुपैयाँ पर्न आउँछ ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

साउनमा महिनामा सरकारले ४० अर्ब रुपैयाँ आन्तरिक ऋण र ३ अर्ब ५९ करोड रुपैयाँ बराबर वाह्य ऋण लिएको छ । सरकारले साउनसम्मको तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.३४ प्रतिशत हुन आउँछ । यसमध्ये आन्तरिक जीडीपीको २१ र बाह्य २२ प्रतिशत छ ।  

गत असार मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३१ अर्ब ३३ करोड थियो । यसमा आन्तरिक ऋण हिस्सा ११ खर्ब ८० अर्ब र वाह्य ऋण हिस्सा १२ खर्ब ५० अर्ब थियो ।  

गत साउनसम्म तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ४९ र बाह्य ५१ प्रतिशत छ । उक्त अवधिमा आन्तरिक ऋण १२ खर्ब ३ अर्ब र बाह्य ऋण १२ खर्ब ६८ अर्ब रुपैयाँ छ ।  

‘साउनमा सरकारले १९ अर्ब २७ करोड बराबर सार्वजनिक ऋण तिरेको छ । जसमध्ये १७ अर्ब आन्तरिक र २ अर्ब २७ करोड वाह्य ऋण तिरेको छ । 

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X