मंगलवार, श्रावण १२,२०८३ 12:38:16
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 12:38:16
Bizshala
Global IME Bank Limited

मितेरी डेभलपमेन्ट बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा

मितेरी डेभलपमेन्ट बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा
New Office

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले मंसिर ६ गतेको साधारण सभाबाट पारित भएको १० प्रतिशत नगद लाभांश(कर समेत) सेयरधनीहरुको बैंक खातामा आईपीएसमार्फत मंसिर ७ गतेदेखि जम्मा गरेको हो ।  

बैंकले कात्तिक २२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त रकम जम्मा गरेको हो ।

हालसम्म पनि हितग्राही खाता नखोलेको वा हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगरेका लाई लाभांश प्राप्त गर्न यथाशीघ्र आफ्नो बैंक खाता तथा प्यान नम्बर अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ ।

सो हितग्राही खातामा बैंक खाता नम्बर निज सेयरधनी स्वयंमकै नामको हुनुपर्ने तथा सो खाता नेपाल क्लियरिङ्ग हाउस लिमिटेड अन्तर्गत आईपीएस सदस्यता प्राप्त बैंक वा वित्तीय संस्थाको हुनुपर्नेछ ।  

साथै, बैंक खातामा निजको नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीहरुले नै व्यहोर्नु पर्ने समेत बैंकले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.