काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले मंसिर ६ गतेको साधारण सभाबाट पारित भएको १० प्रतिशत नगद लाभांश(कर समेत) सेयरधनीहरुको बैंक खातामा आईपीएसमार्फत मंसिर ७ गतेदेखि जम्मा गरेको हो ।
बैंकले कात्तिक २२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त रकम जम्मा गरेको हो ।
हालसम्म पनि हितग्राही खाता नखोलेको वा हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगरेका लाई लाभांश प्राप्त गर्न यथाशीघ्र आफ्नो बैंक खाता तथा प्यान नम्बर अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ ।
सो हितग्राही खातामा बैंक खाता नम्बर निज सेयरधनी स्वयंमकै नामको हुनुपर्ने तथा सो खाता नेपाल क्लियरिङ्ग हाउस लिमिटेड अन्तर्गत आईपीएस सदस्यता प्राप्त बैंक वा वित्तीय संस्थाको हुनुपर्नेछ ।
साथै, बैंक खातामा निजको नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीहरुले नै व्यहोर्नु पर्ने समेत बैंकले जनाएको छ ।

