काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३५० कम्पनीको १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर किनबचे हुँदा ५ अर्ब ५५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज लघुवित्त र अन्य समूह बाहेकका सबै उपसमूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा बैंकिङ समूह रहेको छ । यो समूह १.२४ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, विकास बैंकस समूह १.०४ प्रतिशत, फाइनान्स समूह ०.०३ प्रतिशत, होटल तथा पर्यटन समूह ०.९४ प्रतिशत, हाइड्रो समूह ०.४६ प्रतिशत, लगानी समूह ०.३० प्रतिशत, जीवन बीमा समूह ०.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६१ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१४ प्रतिशत, निर्जीवन बीमा समूह ०.२६ प्रतिशत र व्यापार समूह ०.९७ प्रतिशतले बढेको छ ।
लघुवित्त समूह भने ०.१८ प्रतिशतले घटेको छ भने अन्य समूह ०.३९ प्रतिशतले घटेको छ ।
बजार जानकार तथा सेयर विश्लेषक खोमनाथ प्याकुरेल भन्छन्, ‘लगातार घटेको सेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएको छ। साथै, भोलुमले पनि साथ दिएको छ। नोभेम्बर सुरु भएदेखिकै राम्रो कारोबार आज भएको छ। नेप्से घटेर भोलुम बढेको भए शंका गर्न सकिन्थ्यो, तर नेप्सेसँगै कारोबार पनि बढेको छ। बिस्तारै लगानीकर्ताको मनोबल बढेको बुझ्न सकिन्छ। अझै पनि लगानीकर्ताले पुँजीबजार सुधारका नीतिहरू कार्यान्वयनका लागि छलफल गर्ने तयारी गरेका छौँ। यदि सकारात्मक नीतिहरू कार्यान्वयन भए बजार बढ्ने अनुमान गर्न सकिन्छ।’
आज सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक कमाउने कम्पनीमा एभरेष्ट कलर लिमिटेड रहेको छ । यो कम्पनीको सेयरभाउ ५.०५ प्रतिशत बढेर १०७६.९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, माउन्टेन हाइड्रो नेपालको ३.४२ प्रतिशत, सिटि होटलको ३.०९ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३.०१ प्रतिशत, सिटिजन्स बैंक डिबेञ्चरको ३ प्रीतशत, लक्ष्मी भ्यालु फण्ड २ को २.९६ प्रतिशत, हिमालयन डिष्टिलरीको २.७९ प्रतिशत, श्वेत गंगा हाइड्रोको २.७८ प्रतिशत, आरबीबी फोकस ४० को २.७२ प्रतिशत र कुमारी इक्विटी फण्डको २.६७ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक गुमाउने कम्पनीमा मानुषी लघुवित्त रहेको छ । यो कम्पनीको भाउ ८ प्रतिशत घटेर ८६४ रुपैयाँ ८० पैसा कायम भएको छ ।
त्यस्तै, मेन्छियाम हाइड्रोको ७.२७ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको ३.६७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.५१ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ३.१७ प्रतिशत, सिटिजन्स सन्तुलित योजनाको ३ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको २.९९ प्रतिशत, सिभिल बैंक डिबेञ्चरको २.९१ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको २.८२ प्रतिशत र गुराँस लघुवित्तको २.७९ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।