मंगलवार, मंसिर ८,२०८३ 03:46:55
  • मंगलवार, मंसिर ८,२०८३ 03:46:55
Global IME Bank Limited

हिमाली जडीबुटीको संरक्षण र व्यापार विस्तारमा क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री चौधरी

Bizshala
हिमाली जडीबुटीको संरक्षण र व्यापार विस्तारमा क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री चौधरी
New Office

काठमाण्डौ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रमा पाइने जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउको संरक्षण, दिगो उपयोग तथा व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताएकी छन्।

काठमाण्डौमा आयोजित ‘जङ्गली हिमाली औषधीय तथा सुगन्धित वनस्पति र च्याउसम्बन्धी क्षेत्रीय सहकार्य’ विषयक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले हिमाली जैविक विविधताको संरक्षणलाई स्थानीय समुदायको आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिइन्।

उनले हिमालयलाई पहाडको शृङ्खलाका रूपमा मात्र नभई जीवन, पहिचान र समृद्धिको साझा स्रोतका रूपमा बुझ्नुपर्ने बताइन्।

हिमाली वन तथा प्राकृतिक भू-दृश्यले नदी प्रणालीलाई जीवन्त राख्न, जैविक विविधता संरक्षण गर्न र लाखौँ मानिसको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उनको भनाइ थियो।

CG Motors
Garima Development Bank
IME remit

मन्त्री चौधरीका अनुसार हिमाली क्षेत्रमा पाइने जडीबुटी, सुगन्धित वनस्पति तथा च्याउ स्थानीय समुदायका लागि आयआर्जनका महत्वपूर्ण स्रोत हुन्। यस्ता प्राकृतिक सम्पदाको संरक्षणसँगै दिगो व्यावसायिक उपयोग गर्न सके हरित अर्थतन्त्रको विकासमा समेत योगदान पुग्ने उनले बताइन्।

उनले प्राकृतिक स्रोतको मूल्य अभिवृद्धि स्रोत रहेकै क्षेत्रमा गर्नुपर्ने र त्यसबाट प्राप्त आर्थिक लाभ स्थानीय समुदायसम्म न्यायोचित रूपमा पुर्‍याउनुपर्नेमा जोड दिइन्।

हिमाली सम्पदाको संरक्षण र दिगो उपयोगका लागि महिला, युवा, आदिवासी जनजाति तथा स्थानीय समुदायलाई आर्थिक अवसर उपलब्ध गराउनुका साथै पारदर्शी र कानुनसम्मत क्षेत्रीय व्यापार प्रणाली विकास गर्नुपर्ने उनको धारणा थियो।

मन्त्री चौधरीले हिमाली जैविक विविधताको संरक्षणलाई वातावरणीय मुद्दामा मात्र सीमित नराखी जलवायु उत्थानशीलता, समावेशी विकास र क्षेत्रीय आर्थिक सहकार्यसँग जोडेर अघि बढाउनुपर्ने बताइन्।

जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय तथा अव्यवस्थित व्यापारजस्ता चुनौती कुनै एक मुलुकले मात्रै समाधान गर्न नसक्ने उल्लेख गर्दै उनले छिमेकी मुलुक र अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य आवश्यक रहेको स्पष्ट पारिन्।

यद्यपि क्षेत्रीय सहकार्य अघि बढाउँदा सम्बन्धित मुलुकको राष्ट्रिय सार्वभौमसत्ता, घरेलु कानुन तथा राष्ट्रिय प्राथमिकताको सम्मान गरिनुपर्नेमा समेत मन्त्री चौधरीले जोड दिइन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.