मितेरी डेभलपमेन्ट बैंकमा तीनजना सञ्चालक निर्विरोध निर्वाचित, स्वतन्त्र सञ्चालक पनि नियुक्त
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक पदमा तीन जना निर्विरोध निर्वाचित भएका छन् । मंसिर ६ गते सम्पन्न बैंकको २० औं वार्षिक साधारण सभाबाट ३ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।निर्विरोध निर्वाचित हुनेमा शम्भु प्रसाद श्रेष्ठ, बन्दना वैद्य र सुमित कुमार अग्रवाल रहेका छन् । तीनै जना सञ्चालकको कार्यकाल ४ वर्षको हुनेछ ।

