काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश(कर समेत) घोषणा गरेको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीले आगामी मंसिर ६ गते २० औं वार्षिक साधारण सभा आयोजना गर्दैछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।