सोमबार, भाद्र १,२०८३ 07:34:02
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 07:34:02
Bizshala
Global IME Bank Limited

१२०% ले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा, नयाँ व्यवसायिक रणनीतिका कारण कर्जा प्रवाह समेत वृद्धि

Prabhu Bank Limited
१२०% ले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा, नयाँ व्यवसायिक रणनीतिका कारण कर्जा प्रवाह समेत वृद्धि
New Office

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बैंकको नाफा बढेको छ ।

बैंकले दोस्रो त्रैमाससम्म ५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १२०.२५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकको खुद नाफा २ करोड ५८ लाख रुपैयाँ थियो ।  

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ८ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर १४ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।  

CG Motors

बैंकको अन्य सञ्चालन आम्दानी पनि बढेको छ । अन्य सञ्चालन आम्दानी ४२ लाख १५ हजार रुपैयाँबाट बढेर ५५ लाख ३१ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंकको खुद सञ्चालन आम्दानी पनि ९ करोड ९ लाख रुपैयाँबाट बढेर १४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।  

१ अर्ब २१ करोड रुपैयाँ चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ६ करोड ७९ लाख र रिजर्भको आकार ३७ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा १.७४ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ०.४५ प्रतिशतमा सीमित बनेको छ ।  

कर्जाको घट्दो ब्याजदर र सुस्त आर्थिक क्रियाकलापका बाबजुत बैंकले नयाँ व्यवसायिक रणनीति अबलम्बन गर्दै कर्जामा अघिल्लो आवको तुलनामा उल्लेख्य वृद्धि हासिल गरेको छ । बैंकले यो अवधिमा ६ अर्ब ५६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवमा भने बैंकले ५ अर्ब १७ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो ।

यस्तै बैंकको निक्षेप संकलन पनि उल्लेख्य बढेको छ । अघिल्लो आवमा ६ अर्ब ५० करोड निक्षेप संकलन गरेको बैंकले चालु आवमा भने ८ अर्ब ३८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ६ करोड ७९ लाख रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ७.७६ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)९.३७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३५.९८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६४.१० गुणा र तरलता अनुपात ३३.१४ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.