शुक्रबार, कार्तिक २७,२०८३ 05:13:43
  • शुक्रबार, कार्तिक २७,२०८३ 05:13:43
Global IME Bank Limited

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

Bizshala
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि
New Office

 

काठमाण्डौ । विद्युतीय सवारीसाधन प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६’ मा दुईवटा प्रतिष्ठित अवार्ड जितेको छ।

प्रोटोन ई.मास ५ ले ‘उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक–पिपुल्स च्वाइस’ र ‘उत्कृष्ट किफायती कार–एडिटर्स च्वाइस’ विधामा अवार्ड प्राप्त गरेको हो।

कम्पनीका अनुसार यी दुई अवार्डले मलेसियाको प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ प्रति उपभोक्ता र अटोमोबाइल क्षेत्रका विज्ञहरूको बढ्दो विश्वासलाई प्रतिबिम्बित गरेका छन्।

पिपुल्स च्वाइस अवार्ड उपभोक्ताको रोजाइ र प्रतिक्रियाका आधारमा प्रदान गरिएको हो भने एडिटर्स च्वाइस अवार्ड अटोमोबाइल क्षेत्रका विज्ञहरूको मूल्याङ्कनका आधारमा प्रदान गरिएको कम्पनीले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी तथा दैनिक प्रयोगका लागि आवश्यक व्यावहारिक सुविधालाई प्रोटोन ई.मास ५ का प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ। किफायती मूल्यमा आधुनिक विद्युतीय सवारीको अनुभव उपलब्ध गराउने उद्देश्यले यो मोडल विकास गरिएको कम्पनीको भनाइ छ।

नेपालमा पनि विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढिरहेको सन्दर्भमा ई.मास ५ ले प्राप्त गरेका अन्तर्राष्ट्रिय अवार्डले नेपाली बजारमा समेत यसको पहिचान र विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ।

नेपालका लागि प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाएका आधुनिक तथा प्रविधिमैत्री सवारीसाधन नेपाली ग्राहकसम्म पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit

कम्पनीले प्रोटोन मलेसियासँगको सहकार्यमा नेपालमा बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्दै आएको जनाएको छ। ग्राहकलाई सहज र भरपर्दो सवारी स्वामित्वको अनुभव प्रदान गर्ने उद्देश्यले सेवा विस्तारलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ।

यसअघि प्रोटोन ई.मास ७ नेपाली बजारमा परिचय गराइसकेको जगदम्बा मोटर्सले ई.मास ५ मार्फत विद्युतीय सवारीको बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने योजना बनाएको छ।

कम्पनीका अनुसार ई.मास ५ को आगमनले नेपाली उपभोक्तालाई प्रविधिमैत्री, व्यावहारिक तथा किफायती विद्युतीय सवारीको थप विकल्प उपलब्ध गराउनेछ। साथै, विद्युतीय सवारीप्रतिको जनचेतना र विश्वास बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.